मुकेश राई
लन्डन । बेलायतमा रहेर साहित्यका विभिन्न विधाका रचनामार्फत आफ्नो सिर्जनात्मक यात्रालाई निरन्तर अगाडि बढाइरहेकी गीतकार जानु काम्बाङ लिम्बुको गीत “तिमी भित्रभित्रै हराराएको हुन्छु” को भिडियो सार्वजनिक भएको छ । प्रेमिल भावको सो गीतको शब्द र लय सिर्जना संगीतकार एवं गायक सुजन तिगेला लिम्बुले गरेका छन् । चर्चित गायिका मेलिना राई र स्वयं तिगेलाको स्वरबद्ध सो गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका छन् ।
काठमाडांै वरपर रहेका सुन्दर प्राकृतिक दृश्यहरुलाई कैद गरिएको गीतमा दिपांशु थापा र क्रिष्टिना थापाको अभिनय हेर्न सकिने छ भने हङकङमा रहँदै आएका युगल पोमोको निर्देशन रहेको छ । गीतमा कोरियोग्राफर निर्देशक स्वयं अनि तेन्जु योन्जनले गरेका छन् । भिडियो गायिका मेलिना राईको युट्युब च्यानल मेलिना राईमा अप्लोड गरिएको छ । निकै सुन्दर ढंगले प्रस्तुत गरिएको म्युजिक भिडियो हेरिसकेपछि आपूmलाई अहिलेसम्म बनेको आफ्नो गीतहरुमध्येकै सर्वश्रेष्ठ बनेको आभाष भएको र आत्मसन्तुष्टि मिलेको गीतकार जानु काम्बाङ लिम्बूले प्रतिक्रिया दिएकी छिन् ।


