अल्डरसटमा भलिबल प्रतियोगिता सम्पन्न, पुरुष तर्फ वान आरजिआर, महिलातर्फ अल्डरसट विजयी

SHARE:

एटा संवाददाता
अल्डरसट । अल्डरसट भलिबल क्लबले आयोजना गरेको दोस्रो भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ वान आरजिआर र महिलातर्फ अल्डरसट भलिबल क्लबले हात पारेको छ । गत शनिबार ९ जुन २०१८ का दिन अल्डरसटस्थित कनट स्कुल परिसरमा सम्पन्न पुरुषतर्फको खेलमा वान आरजिआर र रेडिङ्ग भलिबल क्लब फाइनलमा पुगेका थिए भने महिलातर्फ अल्डरसट भलिबल क्लब वेन्चेस्टर भलिबल क्लब फाईनलमा पुगेका थिए । त्यस्तै महिलातर्फ बेजिङ्गस्टोक क्लबले तेश्रो उपाधी हासील गरे ।

पुरुषतर्फ १२ र महिलातर्र्फ ४ टोलीले भाग लिएको सो प्रतियोगिता पूर्व भलिबल खेलाडी गणेश गुरुङ, पिपल मोर्गेजका सूर्य गुरुङ, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, गिरी गुरुङ र एलिजेड गुरुङ लगायतको विशेष उपस्थिति थियो ।

विजेता टिमले नगद १ हजार पाउन्ड र ट्रफीसहित खेलाडीहरुले प्रमाणपत्र र मेडल पाए भने उपविजेता टोलीले ६ सय पाउन्ड नगद र ट्रफीसहित खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्राप्त गरे । त्यस्तै महिलातर्फ प्रथमले विजेतालाई ४००, दोस्रोलाई ३०० र तेस्रो हुने टोलीलाई १०० पाउन्ड नगदसहित ट्रफी र खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार पुरुषतर्फ विजेता १ आरजिआरका कृष्ण खत्री तथा महिलातर्फ पनि विजेता अल्डरसटकै एकिना गुरुङले पाए । त्यस्तै महिलातर्फ म्यान अफ द म्याच मिना पुन बने । बिजयी खेलाडीहरुलाई पुरुषतर्फ गणेश गुरुङ र अध्यक्ष चन्दन गुरुङ र महिलातर्फ मञ्जु गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा रेफ्रीको भूमिका पाण्डवखानी समूहका रुद्रद्रराना, स्वीन्डनका बलविक्रम शाही, रेडिङका मोहन कटुवाल र मोनाका पदम पुनले निर्वाह गरेका थिए । सैलेस राई र गोकुल राईले आप्mनो बाबा बिबि राईको नाममा स्थापना गरेको ट्रफीलाई उनीहरुका दिदी मेनुकला राईले खेलाडीहरुलाई वितरण गरेका थिए ।

शैलेस राई र गोकुल राईले आप्mनो बाबा बिबि राईको नाममा स्थापना गरेको ट्रफीलाई उनीहरुकी दिदी मेनुकला राईले खेलाडीहरुलाई वितरण गरेकी थिइन् । क्लबका अध्यक्ष चन्दन गुरुङको अध्यक्षताले सफलतापूर्वक खेल सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबै सहभागी टिम, प्रायोजक, अतिथि र दर्शकहरुलाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!