जंगी अड्डामा प्रधानमन्त्री ओलीद्वारा द्रुतमार्गबारे जानकारी

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा राष्ट्रिय महत्वको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओली बिहीबार जंगी खड्डा पुगेर जानकारी लिनुभएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले जानकारी गराएका थिए ।

नेपाली सेनाले काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग आयोजनामा हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री विश्वस्त भएका र उनले सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!