दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

SHARE:

मस्को । विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।

खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो ।

कोरियाली खेलाडीहरुले पटक पटक पाएको निकै राम्रा मौकाहरूलाई उपयोग गर्न असफल रहे । अन्ततः स्वीडेनले आफ्ना समर्थकहरूलाई खुशी पार्न सक्षम भयो । खेलमा दुवै देशका खेलाडीहरूले निकै मेहनत गरेका थिए ।

रुसको निज्नी नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने छ बजेदेखि खेल सुरु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!