बुलेट बाइकको नयाँ स्वरुप बेलायतबाट सार्वजनिक

SHARE:

बुलेट बाइक बनाउने सुप्रसिद्ध कम्पनी रोयल एनफील्डले नया हाई पर्फर्मेन्स बाइक सार्वजनिक गरेको छ । बाइकको नाम लकस्टक हो र यसलाई लन्डनमा आयजित एक समारोहमा सार्वजनिक गरिएको छ । यसमा ६५० सीसी इन्जिन छ । यसको ६४८ सीसी फ्युल इन्जेक्टेड प्यारालल ट्विन इन्जिन छ । यसले ७१ सय आरपीएममा ४७.६ पीएसको पावर र चार हजार आरपीएममा ५२ न्युटन मिटर टर्क जेनेरेट गर्छ । इन्जिनमा ६ स्पीड गीयरबक्स छ ।

यसको डिजाइन हायाबुसाकै जस्तो छ । हायाबुसा जस्तै यसमा फ्रन्ट फेन्डर दिइएको छ । यसमा हालो एलईडी लाइट्सबाट घेरिएको प्रोजेक्टर हेडल्याम्प छन् । नया चेसिस, रिडिजाइन्ड सिंगल स्याडल र ड्रप बार ह्यान्डलबार बोर्ड ट्य्राक मोटर साइकलबाट प्रेरित छ ।

यसको तौल कम राख्नका लागि हेडल्याम्प काउल र फ्रन्ट फेन्डरको कार्बन फाइबरबाट तयार पारिएको छ । बाइकको टप फ्युल ट्यांकमा दुईवटा कटआउट दिइएको छ । देब्रेतर्फ ५.४० क्यारेटको हीरा भएको रिंग छ । यसको मूल्य २० करोड रुपैया राखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!