एसके गुरुङ
पीपल मोर्गेजेज कम्पनीले एन्डोबर ह्याम्सायरमा पनि शाखा विस्तार गरेको छ । विगत दुई वर्षबाट फार्नबोरो ह्याम्सायरमा प्रमुख कार्यालय रहेको कम्पनीले ग्राहकहरुलाई सजिलो होस् भन्ने हेतुले जून महिनाबाट शाखा स्थापना गरेको हो । गतवर्ष आसफोर्ड केन्टमा शाखा स्थापना गरेको थियो । सो शाखाबाट केन्ट वरिपरि बस्ने नेपालीहरुलाई घर खरिद गर्दा आफ्नै भाषामा आवश्यक सहयोग तथा सेवाहरु दिँदै आइरहेको छ ।
आगामी दिनमा ग्राहकको मागअनुसार बेलायतका विभिन्न सहरहरुमा आफ्नो शाखा कार्यालय स्थापना गर्ने योजना रहेको कम्पनीले बतायो । कम्पनीले बेलायतमा भएका संघ संस्थाहरुलाई विभिन्न तवरले सहयोग पनि गर्दै आइरहेको छ भने आफ्नो दुई वर्षे वार्षिकोत्सवको अवसरमा गोर्खा वेलफेयर ट्रस्टलाई २ हजार ३६० पाउन्ड सहयोग गरेको थियो ।
सो कम्पनीले चाँडै नै बजारमा बिजनेस लोन, सेक्युरर्ड लोन्स्, कमर्सियल मोर्गेज, ब्रिजिङ फाइनान्स, डेभलपमेन्ट फाइनान्स, प्राइभेट इन्भेस्टरको सेवा सुविधा दिने तय गरिसकेको छ । कम्पनीको डाइरेक्टर सूर्यप्रकाश गुरुङ भन्छन्, ‘घर किन्नु अगाडि केही सल्लाह सुझाव लिन सबैलाई अनुरोध गर्छु ।’


