माघ १९ गते नेपालभर तामाङका लागि सोनाम ल्होसारको सार्वजनिक बिदा

SHARE:

काठमाडौं । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाउनुभएको छ ।

कोभिड १९ को ओमिक्रोन भेरियन्टको कारण भौतिक रुपमा उपस्थित भई कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नपाउने स्थिति रहेकोले यस वर्ष तामाङ समुदायले घरघरमै ल्होछार पर्व मनाउँदै छन् । मन्जुश्री सम्वत्अनुसार २८५८ ख्रेला छेपागी अर्थात् नयाँ वर्ष सौर्य पात्रो अनुसार २०७८ माघ १९ गते तदनुसार २०२२ तारेखबाट सुरु हुँदैछ ।

राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५८ ताक्/च्यान ल्हो (बाघ वर्ष) सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर मनाउन सम्पूर्ण नेपाल तामाङ घेदुङले आग्रहसमेत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!