काठमाडौं । पित्त थैलीको क्यान्सरबाट पीडित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर, प्रदेश नं २ का संयोजक तोयाराज घिमिरेलाई सहयोगको अपिल गरिएको छ ।
भारत बम्बैको टाटा मेमोरियल अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई अत्यन्त आर्थिक कठिनाई परेकोले आफू आबद्ध संघसंस्था र साथीभाइहरुसँग सहयोगका लागि अपिल गर्नुभएको हो । उहाँलाई वर्ष दिनसम्म भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराउँदा पनि सन्चो नभएपछि भारत लगिएको हो । अनेसास सम्पूर्ण आजीवन सदस्यहरुमा घिमिरेको जीवन बचाउन सहयोग गरिदिनु अपिल गरिएको छ ।
५४ वर्षअघि महोत्तरी जिल्लाको बर्दीबासमा जन्मनुभएका तोयाराजले संस्कृत व्याकरणमा प्राचार्य, नेपाली भाषामा एमए र बिएड गर्नु भएको छ । शिक्षण पेसामा आबद्ध घिमिरे साहित्य र पत्रकारिता क्षेत्रमा चिनिएका बौद्धिक व्यक्तित्व हुनुहुन्छ । याग्वल्क्य संस्कृत मावि. ग्यानकुप जनकपुर धामका स्थायी शिक्षक घिमिरेले लामो समयसम्म नेपाल नर्सिङ कलेज लगायत विभिन्न इन्स्टिच्युटमा पनि प्राध्यापन गर्नु भयो ।
मुलतः तोयाराज घिमिरे गद्य र पद्य साहित्यमा कलम चलाउने अझ शास्त्रीय छन्दमा रमाउने कवि हुनुहुन्छ । गीत, कविता, रेडियो लघु नाटक एवं ग्रन्थ सम्पादन आदिमा पोख्त स्रष्टा हुनुका साथै अध्यन, अध्यापन सिर्जनशील मन्चीय कार्यक्रममा अभ्यस्त एक उदियमान व्यक्तित्व उहाँ विभिन्न साहित्यिक संघसंस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
उहाँको ” क्याम्पसको दियो ” उपन्यास प्रकाशित भएको छ भने ” खरानी खण्ड काव्य ” प्रकाशोन्मुख छ । टान्सपरेन्सी इन्टरनेसनल पुस्तक सहलेखनमा समेत आबद्ध घिमिरे जीवनको आधा उमेरमा क्यान्सरको सिकार हुनुभयो । छोरा हुनुको कर्तव्य र बाबु हुनुको जिम्मेवारी निभाउनु पर्ने समयको उच्च बिन्दुमा पुग्दा क्यान्सर जस्तो भयानक रोग लाग्दा पनि निराशा भन्दा उहाँमा बाँच्ने प्रबल रहेको अनेसास नेपाल च्याप्टर, प्रदेश नं २, का अधिकारीले बताए ।
सहयोग प्राप्त हुने ठेगाना :- Nepal Investment Bank, Putalisadak. AC No- 01201020009225 – Corrent Account- Galaxy Media Survice.
सम्पर्क:
गीता मैनाली- 9851083032
नीला घिमिरे – 9844053634
मधु पाठक- 9851049485