बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउने भारतको प्रस्ताव नेपालले मानेन

SHARE:

काठमाडौं । भारतले नेपालमा आयात भइरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ । नेपाल-भारत विद्युत आदान प्रदान समिति (पीइसी)को बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको हो । तर, नेपाली टोलीले भारतीय प्रस्तावलाई अस्वीकार गरेको छ ।

नेपालले भारतबाट पिक समयमा झण्डै ४५० सय मेगावाट बिजुली आयात गरिरहेको छ । यसमध्ये करिब ३ सय मेगावाट बिजुली यही कमिटीले तोक्ने दररेटमा खरिद गरिन्छ । जसमा १३२ केभी प्रशारणलाइन (ढल्केबरबाट आउने बाहेक)बाट आउने बिजुलीको मूल्य ५.५० र ३२ केभीमा भारतयि ६ रुपैयाँ प्रतियुनिट पर्छ ।

हाल १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ८.८८ नेपाली रुपैयाँ , ९.६ रूपैयाँ र १०.३२ रूपैयाँ छ ।

नयाँ दिल्लीमा हालै सम्पन्न बैठकमा भारतले १५ देखि २० प्रतिशतसम्म मूल्य बढाउने प्रस्ताव गरेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नयाँ दरमा बिजुली किन्न नसकिने जवाफ दिएका छन् । समितिको अर्को बैठक फेरि ३ महिनाभित्रै बस्ने निर्णय भएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!