लन्डनमा बुद्ध विश्व शान्ति र्‍याली

SHARE:

लन्डन । विगत चार वर्षदेखि दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको व्यवस्थापनमा लन्डनमा बुद्ध जयन्तीको अवसर पारेर विश्व शान्ति र्‍याली सम्पन्न गर्दै आएको छ । यसवर्ष पनि मई महिनाको १९ तारिकको दिन विलविच, लन्डनस्थित मुलग्रेभ प्राईमरी स्कुल, एसई १८ ५डीएलदेखि विश्व शान्ति पदयात्रा सुरु गरेर प्लमस्टिड हाई स्ट्रिटसम्म तय गरेर फेरि त्यही स्थलसम्म परिक्रमा गरी समापन गरिने भएको छ ।

सन् २०१४ देखि नेपालीहरूले सम्पन्न गर्दै आएको बृहत् बुद्ध विश्व शान्ति र्‍यालीमा ग्रिनवीच बारोका काउन्सिलरहरू, बेलायतका लागि नेपाली राजदूतलगायत यस क्षेत्रका हजारौ नेपालीहरूको सहभागिता रहने गरेको छ । यो वर्ष पनि व्यापक बनाउन भव्य तयारी भइरहेको जानकारी र्‍यालीका संयोजक सुमलकुमार गुरुंङले
बताएका छन् ।
बुद्ध विश्व शान्ति र्‍यालीको मूल उद्देश्य भगवान बुद्धको दर्शन र भगवान बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयलाई प्रकाश पार्न तथा स्थानीय हिसाबमा नेपालीहरूलाई एकैथलोमा ल्याएर ऐक्यबद्धता, आपसी सहिष्णुताको अनुभूति र नेपाली हुनुको गर्व सम्प्रेषण गर्ने रहेको छ ।
बेलायतभरीका विभिन्न नेपाली संघसंस्थाहरूको सहभागिताका लागि यसंै स्तम्भ मार्फत सम्पूर्ण बेलायतका नेपालीहरूलाई चौथो बुद्ध विश्व शान्ति र्‍यालीमा सहभागिता जनाएर नेपाली गौरव बढाउने दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको अपिल छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!