काठमाडौं १८ मे २०२२ । नेपालमा स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले २०८ पालिकामा विजयी भएको छ । बिहीबार दिउँसो २ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले २०८ प्रमुख/अध्यक्ष (गाउँपालिका/नगरपालिका) जितेको छ ।
जारी मतगणनामा कांग्रेस ११४ अग्रस्थानमा छ । नेकपा (एमाले)ले १२९ पालिकामा जित हासिल गरेको छ । उसको आग्रता ६५ छ । नेकपा (माओवादी केन्द्र) स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २९ अग्रस्थानमा छ ।
नेकपा (एकीकृत समाजवादी) ले ७ पालिकामा जित हासिल गरेको छ । १४ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले ८ गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ । उ २५ स्थानमा अगाडि छ । अन्यले १५ स्थानमा जितेको छ भने १२ स्थानमा अग्रता कायम गरेको छ । स्थानीय निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।