नेपाली मेलाको तयारीमा जुट्दै तमुधिं युके

SHARE:

–एटा संवाददाता
अल्डरसट । तमुधिं युकको नेपाली मेलाको तयारीमा जुट्न थालेका छन् । दशौं नेपाली मेलाको आवश्यक तयारीका लागि गत आइतबार ८ जुलाईका दिन एम्पायर हलमा तमुधिं युकेको बैठक बसेको छ ।

गत २७ मे का दिन १६औं गोर्खा कपको सफल आयोजना पश्चात तमुधिं युकेका कार्यसमिति, आजीवन सदस्य, सल्लाहकार र शुभचिन्तकहरु दशौं नेपाली मेलाको तयारीमा जुट्न लागेको हो ।

आउँदो २६ अगष्ट २०१८ का दिन लण्डनको केम्पटन पार्क रेशकोर्षमा आयोजना गर्न लागिएको नेपाली मेलालाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको बैठकमा उपाध्यक्ष एवं मेला संयोजक हित काजी गुरुङले पावर पोईन्ट प्रिजेन्टेशन प्रस्तुत् गर्दै मेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाली राजदूतावाससँग बैठक बसिसकिएको जानकारी दिए । उनले मेला आयोजक समिति, कार्य विभाजन, पुरस्कार राशी, प्रायोजक, मेडल आदिका बारेमा जानकारी गराउँदै १८ अगष्टका दिन पत्रकार सम्मेलनको आयोजना गरिने र २५ अगष्टका दिन मेला स्थलमा गई आवश्यक तयारी गरिने जानकारी दिए ।

सो बैठकमा तमुधिं युकेका सल्लाहकार ईं. खेम बहादुर गुरुङ रेडिङ्ग बुद्धिष्ट गुम्बा रेडिङको अध्यक्ष र सल्लाहकार भुवानी गुरुङ बिईएम नादा समाज युकेको अध्यक्षमा चयन भएकोमा उनीहरु दुवैलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले खादा भांग्रा लगाई सम्मान गरेका थिए ।
तमुधिं युकेका उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्वागत मन्तब्य प्रकट गरेको सो बैठकमा कोषाध्यक्ष दिपक गुरुङले आयव्यय र आमा समूहकी महासचिव यशोदा गुरुङले आउँदो १५ जुलाईका दिन तमुधिं आमा समूहले रेडिङमा भाग लिन लागेको रेस फर लाईफको बारेमा जानकारी दिइन् ।

बैठकमा तमुधिं युकेको आर्थिक सहयोगमा निर्माणाधिन अवस्थामा रहेको धादिङ्गको खादिङ्गस्थित हिमालय सरस्वती प्राथमिक विद्यालयको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको सल्लाहकार जुमकाजी गुरुङले जानकारी दिएका थिए । त्यस्तै बैठकमा महासचिव कृष्ण प्रसाद गुरुङले पोखरेली मञ्च युकेद्वारा आउने १५ र २२ जुलाईमा आयोजना हुन लागेको दुई दिने टि–ट्वान्टी नेपाल कप, २९ जुलाईमा हुन लागेको लड्र्समा नेपाली क्रिकेट टिम र एमसीसी र निदरल्यणडबीच हुन लागेको मैत्रीपूर्ण खेलबारे जानकारी गराएको थियो ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा बसेको सो बैठकलाई महासचिव कृष्ण प्रसाद गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!