वरिष्ठ लोक संस्कृतिकर्मी मेनकाजी गुरुङ स्मृति कोषमा ३५ लाख संकलन

SHARE:

पोखरा ३१ मे २०२२ । वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ स्मृतिकोषमा ३५ लाख २६ हजार ३४३ रुपैया संकलन भएको छ।हिमाली साँस्कृतिक परिवारले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

वरिष्ठ सस्कृतिकर्मी गुरुङको गतवर्ष कोरोना महामारीका कारण गुमाउनुपरेकाले हिमाली साँस्कृतिक परिवारले संस्थाका मानार्थ सदस्य एवम सल्लाहकार रुद्रकुमारी गुरुङ मैनाको संयोजकत्वमा गठित स्मृतिकोष समितिले उक्त रकम संकलन गरेको हो ।

स्वर्गीय गुरुङको योगदानको चिरकाल स्मरणका अक्षयकोष स्थापित गरी वरिष्ठ लोकसँस्कृतिकर्मीहरुलाई सम्मान, सकृय कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृति संरक्षण एवम विकास गर्ने उद्देश्यले कोषको स्थापना गरिएको स्मृतिकोष समितिका संयोजक रुद्रकुमारी गुरुङ मैनाले जानकारी दिए । कोषको वार्षिक व्याजबाट आउँदो वर्षदेखि कार्यक्रम गरिने बताउँदै छोटो अवधिमा स्मृतिकोषका लागि रकम सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक, शुभचिन्तकहरुलाई उनले धन्यवाद व्यक्त गरे ।

कोषका लागि देश विदेशका विभिन्न स्वर्गीय गुरुङको आफन्तजन, शुभचिन्तक, शुभेच्छुक महानुभावहरु एवम संघ संस्थाले सहयोग गरेको स्मृतिकोष समितिका कोषाध्यक्ष एवम हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले बताए । उनका अनुसार हालसम्म संकलित रकम मध्ये ३५ लाख रुपैयाँ अक्षय कोष स्थापना गरिने र शुभेच्छुकहरुबाट अझै पनि रकम आउने क्रम जारी रहेको बताए ।

हिमाली साँस्कृतिक परिवारका सल्लाहकार हुमबहादुर गुरुङले कोषको बार्षिक व्याजबाट वरिष्ठ लोक स्रस्टालाई वार्षिक राष्ट्रियस्तरको पुरस्कार, लोककलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र लोक संस्कृति संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम हुने गरी विनियम बनेको बताए । वरिष्ठ लोक सँस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषको संचालनको पुर्णाधिकार हिमाली साँस्कृतिक परिवारले गर्ने उनले जानकारी दिए ।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले कोष स्थापनाका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिँदृ कोष बृद्धिका लागि शुभेच्छुकहरुलाई थप सहयोगका लागि आग्रह समेत गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!