लोकगायक अमर विरही गुरुङ पुरस्कृत

SHARE:

काठमाडौं ८ जुन २०२२ । वरिष्ठ लोकगायक अमर विरही गुरुङलाई १ लाख रुपैयाँसहित ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७८’ प्रदान गरिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रपति कार्यालय शितलनिवासमा मंगलबार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नगद र ताम्रपत्रसहित पुरस्कार प्रदान गरेको हो । लोकदोहोरीको विकास तथा विस्तारमा समर्पित रही नेपाली लोकसंगीतको श्रीवृद्धिमा उल्खेख्य योगदान पुर्‍याएबापत पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

गुरुङ लोकदोहोरी कलाकारको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत हुन् । प्रतिष्ठानले संगीत तथा नाट्य क्षेत्रका अन्य ५ जना स्रष्टालाई समेत पुरस्कृत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!