रसुवा । जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक परेको छ ।
उनका ६९ वर्षीय पिता समाजसेवी हरिबहादुर गलानको मंगलबार मृत्यु भएका कारण पितृशोक परेको आफन्तजनले बताएका छन् । दमलगायत विविध रोगका कारण रसुवाको कालिका गाउँपालिका वडा नं २ धैबुङकोटस्थित घरमै उनको निधन भएको उनकी बुहारी दावामेन्दु तामाङले बताए । उनका एक श्रीमती र दुई छोरा छन् ।


