लन्डन २३ जुन २०२२ । सेन्ट जर्ज अस्पताल टुटिङ, लन्डनमा उपचाररत घमानसिंह तामाङलाई तामाङ सोसाइटी अफ यूकेले आर्थिक सहयोग गरेको छ ।
जुन १८ तारिखका दिन सोसाइटीका अध्यक्ष ज्ञान तामाङको नेतृत्वमा गएको टोलीले घमानसिंहकी धर्मपत्नी उमा बाइवासित भेट गरी घमानसिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै २ हजार ७७१ पाउन्ड सहयोग हस्तान्तरण गरेको हो । अस्पतालको नियमअनुसार एक जनाले मात्र बिरामी भेट्न पाउने भएकाले अध्यक्ष ज्ञान तामाङले घमानसिंहलाई अस्पतालको बेडमा भेटेका थिए । घमानसिंह बोल्न सक्ने अवस्थामा छैनन् ।
सोसाईटीका पूर्व उपाध्यक्ष प्रताप तामाङ, पूर्वमहासचिव देवराज तामाङ, सदस्य गंगा तामाङ, महासचिव मनी तामाङ र अध्यक्ष ज्ञान तामाङले अस्पतालको भिजिटर कक्षमा बिरामी घमानसिङ तामाङकी धर्मपत्नी श्रीमती उमा वाइबालाई भेटी खादा लगाई उनको श्रीमान्को शीघ्र स्वास्थलाभको कामना गरेका थिए ।
केही महिनाअघि नेपालको उदयपुरबाट बेलायत आएका तामाङ अचानक बेहोस भएर ढलेका थिए ।






