गैर आबसीय नेपाली संघ (एनआरएनए) युकेले जारि गरेको प्रेस विज्ञाप्ति जस्ताको त्यस्तै।
प्रेस विज्ञप्ती
२६ जुन २०२२
भरतमणी लिम्बु
प्रबक्ता, गैरआवासीय नेपाली संघ यूके,
गैर आवासीय नेपाली संघ युकेको कार्य समितीको २५ जुनमा बसेको पुर्ण बैठक विबिध निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
बैठकमा स्वास्थय विभाग, नागरिकताको निरन्तरता विबाद, नेपाली खाना प्रबर्दन विभाग, महिला विभाग, युवा तथा खेलकुद विभाग, विधान संसोधन तथा कानुनी परामर्श विभाग, ब्यावसाय तथा लगानी प्रबर्दन विभाग तथा एनआरएन भोइसको सम्बन्धमा सम्बन्धीत विभागिय प्रमुखहरुले अपडेट गराउनु भएको थियो ।
बैठकले आगामी ६ अगष्टमा आयोजना हुने साधारण सभामा कार्यसमितीका तर्फबाट प्रस्तुत हुने प्रतिबेदनको मस्यौदा तयार गरि कार्यसमितीमा छलफलका लागि उपलब्ध गराउन महासचिवलाई एक हप्ता तथा ३ जुलाई २०२२ सम्मको समय दिने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले कार्यसमितीका प्रत्येक बैठकमा अपडेट हुनुपर्ने संघको आर्थिक गतिविधिको प्रतिवेदन विगतका केही बैठकहरुमा अपडेट नभएको सन्दर्भमा आगामी साधारण सभामा प्रस्तुत गरिने आर्थिक प्रतिबेदनको पुर्णपाठ यथाशिध्र कार्यसमितीलाई उपलब्ध गराउन कार्यसमितीका कोषाध्यक्षलाई आइतबार २४ जुलाई २०२२ को बैठकमा आर्थिक प्रतिबेदन लिएर प्रस्तुत गर्न निर्णयगरेको छ ।
त्यसैगरी बैठकले आगामी साधारण सभाको सफल आयोजनका लागि कार्यविभाजन लगायत विविध विषय समेट्ने गरी विवरण तयार गरी कार्यसमितीमा प्रस्ताव गर्न कार्य समितीका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैगरी बैठकले कार्यसमितीका महासचिव खुसी लिम्बुले कार्यसमितीको मिटिङ लगायतका सम्बन्धमा आफुखुसी परस्पर विरोधी सुचनाहरु संप्रषण गरी भ्रम श्रृजना हुने बातावरण बनाउनु भएको विषयलाई गम्भिर रुपले लिने निर्णय भयो । बैठकले महासचिवलाई आफ्ना यस्ता असंगत गतिविधीका बारेमा स्पष्टिकरण सहित अर्को बैठकमा उपस्थित गराउने तथा आफुखुसी सप्रेषणगरिएका यस्ता असंगत सुचनाहरुको गलत प्रभाव परेको महसुस गरी आइन्दा संगठनको अहित हुने भ्रामक पर्नेगरी यस्ता कार्य नगर्ने प्रतिवद्धता नगर्दासम्म गैर आवासीय नेपाली संघ युकेको आधीकारीक पत्राचार वा सुचना महासचिव मार्फत नगर्ने नगराउने निर्णय गरेको छ । यसैगरी बैठकले संघको तर्फबाट गर्नुपर्ने आधिकारीक सुचना तथा पत्राचार गर्ने लगायतका कार्यहरु सचिवहरु ज्ञानेन्द्र आले, नम्रता घले र विष्णु चालिसे मार्फत गर्ने गराउने भन्ने निर्णय गरेको छ । धन्यवाद ।