लन्डन । विश्व नेपाली साहित्य सम्मेलन आगामी ११ र १२ अगस्टका दिन युकेमा हुने भएको छ ।
विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११–१२ अगस्ट २०१८ का दिन ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष विश्वासदीप तिगेला र महासचिव डा. लेखनाथ काफ्लेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । सम्मेलनको निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको समेत जानकारी गराएको छ ।
बैठकले यस वर्षको उत्कृष्ट शाखा साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासंघ, साउथ युके शाखालाई घोषणा
गरिएको छ । यसअघि साउदी अरेबिया, रसिया र ईजरायल शाखा उत्कृष्ट घोषणा भइसकेका छन्

दोस्रो विश्व नेपाली साहित्य सम्मेलन युकेमा हुने
प्रतिकृया दिनुहोस्