बेलायतमा सक्रिय एक पत्रकारलाई फोनिज यूके वार्षिकरुपमा पुरस्कार दिने

SHARE:

लन्डन १ अक्टोबर २०२२ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले बेलायतमा सक्रिय रहेका एक पत्रकारलाई वार्षिकरुपमा पुरस्कृत गर्ने भएको छ ।

शुक्रबार सम्पन्न भएको भर्चुअल बैठकमा फोनिज यूकेकी अध्यक्ष गोमा राना मगरले आदिवासी जनजाति समुदायका पत्रकारलाई प्रोत्साहित गर्न फोनिजले पुरस्कार स्थापना गर्न लागेको जानकारी गराएकी हुन् । । उनले गत अगष्ट १८ को बैठकले पत्रकारिता पुरस्कार स्थापना गरेर वितरण गर्न निर्णय गरेको बताइन् ।

यसैगरी, फोनिज यूकेको वार्षिक साधारणसभामा आदिवासी जनजाति महासंघ आबद्ध सबै संघसंस्थाहरूलाई निमन्त्रणा दिने निर्णय भएको उनले बताइन् । साधारणसभा नोभेम्बर ५ तारिखमा अल्डरसटको एम्पायर हलमा हुँदैछ ।

फोनिज यूकेले जर्नल प्रकाशनको कार्यलाई निरन्तरता दिने भएको छ । यसका लागि सम्पादक मण्डललाई सो कार्य अघि बढाउन दिने निर्णय भएको छ । साथै, निकट भविष्यमा पत्रकारहरू उत्पादन गर्न भर्चुअलरूपमा वर्कसप चलाउने निर्णय भएको सचिव लीला सेलिङ माबोले बताइन् ।

अध्यक्ष गोमा राना मगरको अध्यक्षतामा भएको बैठकमा पत्रकारहरू वम थापा सूर्यवंशी, नरेश खपाङ्गी मगर, वीरप्रसाद घर्ती मगर, एकेन्द्र गुरूङ, प्रमिल लाबुङ राई, ज्ञाम गुरूङ, जमुना पुन, जेबी राई, मिलन तमु, किरण राई, विश्वजीत थापा मगर, अमित थेवे लगायत उपस्थित रहेका थिए ।

बैठकलाई सचिव माबोले सञ्चालन गरेकी थिइन् । फोनिज नेपालको स्थापना सन् १९९९ र फोनिज यूकेको स्थापना सन् २०१३ मा भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!