कान्छी खर्बपति काइली

SHARE:

अमेरिकी टेलिभिजन स्टार काइली जेनर खर्बपतिहरूको सूचीमा परेकी छन् । उनी अहिलेसम्मकी कान्छी खर्बपति हुन्् जो आफ्नै बलबुतामा यत्तिका सम्पत्तिको मालिक बनेकी छन् । बीस वर्षे जेनरले तीन वर्षको अन्तरालमा ९ सय मिलियन डलर कमाएसँगै उनलाई खर्बपति भन्न थालिएको छ ।

किम, ख्लोई र कटर्नी कादर्सियनहरूकी सौतेनी बहिनीसमेत रहेकी काइली टीभी प्रस्तोता त हुन्् नै । उनले यत्तिका सम्पत्ति भने आफ्नो कस्मेटिक कम्पनीमार्फत कमाएकी हुन् । फोब्र्स म्यागाजिनका अनुसार उनले सन् २०१६ यता ६ सय ३० मिलियन डलरको मेकअप सामग्री बेचिसकेकी छन् । सुरुमा २९ डलर पर्ने लिपिस्टिक सेट लन्च गरेकी उनी यति चाँडै अर्बौंको व्यापार गर्न सफल भएकी हुन् ।

कम्पनीको सम्पूर्ण मुनाफा काइली एक्लैले भोग गर्न पाउँछिन् । यसमा उनले कसैसँग साझेदारी गरेकी छैनन् । कम्पनीबाट आठ सय मिलियन हासिल गरेकी उनी टीभी कार्यक्रम र विज्ञापनबाट पनि लोभलाग्दो आम्दानी गर्छिन् । आर्थिक समाचारमा अग्रणी फोब्र्स म्यागाजिनका अनुसार काइलीले कर काटिवरी ९ सय मिलियन डलर चोखो हात पार्छिन् ।

अब चाँडै खर्बपति बन्ने भएपछि उनलाई अहिले नै ‘योङगेस्ट सेल्फ–मेड बिलिनियर’ भन्न थालिएको छ । यो उमेरमा न पुरुष न महिला कसैले पनि हालसम्म यत्तिका सम्पत्ति जोडेको इतिहास छैन । उनकी दिदी किमले पनि कस्मेटिक्स, क्लोथिङ, मोबाइल गेम लाइन्सका ब्रान्ड स्थापना गरेकी छन् । किम भने ३५० मिलियन डलरकी मालिक हुन् ।

फोब्र्सले उनलाई खर्बपति भनेयता काइलीले सामाजिक सञ्जाललाई आफ्नो सफलताको जस दिएकी छन् । ‘यो गजबको प्लेटफर्म हो,’ उनले भनेकी छन्, ‘मेरा फयान र ग्राहकसँग सजिलै पहुँच निर्माण गरिदिएको छ ।’ उनले म्यागाजिनमा आफूबारे छापिएकोमा आभार प्रकट गर्दै आफूले मन पराएको काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!