जापानमा बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्य

SHARE:

टोक्यो, जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ ।

अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत हप्ताको शुरुदेखि बढेको तापक्रम मध्य जापानमा भने ४०।७ डिग्री सेल्सियससम्म पुगेको छ ।

यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारी तथ्याङ्क रहेको छ । यसैबीच क्योतो सहरमा लगातार सात दिनसम्म ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ ।

जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

जापानको शिक्षा मन्त्रालयले विद्यालयहरूलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ ।

जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २०० भन्दा धेरैको ज्यान गएको थियो ।

उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै यो तातो हावा चल्न थालेको छ ।

यसलाई कतिपय मौसमविद्हरुले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा यहाँका अधिकारीहरुले भने केही बताएका छैनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!