महन्त श्रेष्ठ OBE द्वारा विभूषित
चिम्खोले काईला
लण्डन । गैर आबासीय नेपाली संघ (एनआरएनए) युकेका संस्थापक अध्यक्ष तथा समाजसेवी महन्त श्रेष्ठ Order of British Empair (OBE) द्वारा विभूषित भएका छन। महन्त श्रेष्ठले लण्डन बरो अफ इलिङमा बसोबास गर्ने नेपाली समुदाय तथा गैर नेपाली समुदायहरुलाई सामजिक क्षेत्रमा बेशेष योगदान पुराएबापत उनलाई अंग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा बेलायतका राजा चार्ल्स तृतीयद्वारा यस OBE पदवीद्वारा विभूषित हुने भएका हुन् ।
महन्त श्रेष्ठको जन्म माता नानीछोरी श्रेष्ठ र पिता बैकुण्ठ बहादुर श्रेष्ठको कोखबाट कान्छा छोराको रुपमा काठमाण्डौ ज्याठा खाबहालमा भएको थियो। उनको बाल्यकाल काठमाण्डौमा बितेको थियो। महन्त श्रेष्ठको प्रराम्भिक शिक्षा जेपी स्कुल क्षेत्रपाटीबाट शुरु भएको थियो। उनले प्रबेशिका परिक्षा युबक माध्यामिक बिद्यालय पकनाजोलबाट उतिर्ण गरेका थिए। प्रबेशिका परिक्षा उतिर्ण गरेपछि उनले प्रमाणपत्र तह महेन्द्र रत्नलक्ष्मी क्याम्पसबाट उतिर्ण गरेका थिए भने ब्याचलर डिग्री पाटन क्याम्पसबाट उतिर्ण गरेका थिए। महन्त श्रेष्ठलाई University of West London ले Master of Business Administration (MBA) मानार्थ स्नाकोत्तर प्रदान गरेको छ।
महन्त श्रेष्ठ रोजगारको सिलसिलामा वोर्क परमिट लिएर सन् १९७६ मा बेलायत प्रवेश गरेका थिए। उनि बेलायतमा रहदा बेलायतमा स्थापित बिभिन्न संघ संस्थाहरुमा आबद्ध भएर सामाजिक सेवामा बिशेष योगदान पुराउदै आएका छन। उनि एनआरएनए यूकेको संस्थापक अध्यक्ष हुन् भने पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा पनि रहेर काम गरिसकेका छन्। उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हुन् भने नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि (दूत) हुन् ।
महन्त श्रेष्ठ श्रीमती अमिका श्रेष्ठ, छोराहरु मयून श्रेष्ठ, मनिष श्रेष्ठ, छोरीहरु निता श्रेष्ठ र ममता श्रेष्ठसंग बेलायतको इलिङ्ग मा बसोबास गर्दै आएका छन। पेशाले ब्यबसाय उनि भएपनि फुर्सदको समयमा सामाजिक सेवामा ब्यास्त रहन्छन भने बचेको समय परिवारसंग देश बिदेशका भ्रमण गर्न रुचाउछन। महन्त श्रेष्ठ संसारका बिभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छ। जस्तै: नेपाल, भारत, बेलायत, हंगकंग, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड, मलेसिया, बहराइन, कतार, दुवाई, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत संसारका धेरै देशहरुको भ्रमण गरिसकेका छन।