सञ्जुले कमायो पाँच सय करोड

SHARE:

बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ को कमाई पाँच सय करोड नाघेको छ । रणवीर कपुरको मुख्य भूमिका भएको यो फिल्म २९ जुनमा रिलिज भएको थियो । फिल्मले हालसम्म भारतमा तीन सय करोड र अन्य देशमा दुई सय करोड गरी जम्मा पाँच सय करोड संकलन गरेको छ ।

सञ्जय दत्तको जीवनीमा आधारित यो चलचित्र भारतमा मात्र चार हजार एक सय पर्दामा रिलिज गरिएको थियो । यो फिल्म सन् २०१८ मा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ भने हालसम्म सबैभन्दा बढी व्यापार गर्नै पाँच बलिउडका सिनेमामा परेको छ ।

यो चलचित्रलाई चीनमा प्रदर्शन गर्ने तयारी भएको छ। चीनमा प्रदर्शका लागि त्यहाँका वितरकहरुले आफूहरुलाई सम्पर्क गरिरहेको र केही दिनमा चीनमा यो चलचित्र रिलिज हुने फिल्मका निर्माता विधुविनोद चोपडाले जानकारी दिएका छन् ।
फक्स स्टार डिस्टिब्युर्टर्सको ब्यानरमा निर्मित यो चलचित्रका निर्देशक राजकुरमार हिरानी हुन् ।

भारत र अन्य मुलकमा राम्रो प्रशंसा र पैसा पाएको यो चलचित्रले चीनबाट कस्तो प्रतिक्रिया पाउने हो त्यो भने प्रतीक्षाको विषय बनेको छ । बलिउडका बादशाह भनिने अभिनेता शाहरुख खान पछिल्ला दिनहरुमा आफ्नो हैसियत गुमाउँदैछन् । केही वर्षयता उनले कुनै पनि ब्लकवस्टर दिन सकेका छैनन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!