काठमाडौं १ फेब्रुअरी २०२३ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ एशियाली फुटबल महासंघ एएफसीको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
नेम्वाङ साउथ जोनबाट चारवर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालीलसमेत कार्यसमितिमा निर्वाचित भएका हुन् । बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट एएफसीको अध्यक्षमा तेश्रो कार्यकालको लागि शेख सलमान बिन अब्राहिम अल(खलिफा निर्वाचित भएका छन् ।
शेख सलमान चारवर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् ।