एजेन्सी ५ फेब्रुअरी २०२३ ।
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ ।
आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ७९ वर्षका मुसर्रफ लामो समयदेखि बिरामी थिए । उनको दुबईको एक अस्पतालमा उपचार भइरहेको थियो । मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो नीजी वकिलमार्फत पाकिस्तानी सरकारलाई निवेदन दिएका थियो ।
’द एक्सप्रेस ट्रिब्यून’ पत्रिकाका अनुसार पूर्व राष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहन्थे । मुशर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौं राष्ट्रपति भएका थिए ।
उनले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी सीजेसीएससी को १० औं अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौं शीर्ष जनरलको रूपमा काम गरेका थिए ।