काठमाडौं १५ माचर्च २०२३ ।
चैत २ गतेदेखि ६ गतेसम्म छैटौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ९निफ० हुने भएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निफले यसबारे जानकारी गराएको हो। निफले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ ।
निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको छ ।
निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले महोत्सवको तयारीका लागि निफ टिम विगत ३ महिनायता लागिपरेको बताए । वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षित रुपमा सफलता पाइरहेको बताए । उनले निफ असाध्यै महत्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मीहरू सहभागी हुन र चलचित्र हेर्न दर्शकहरू पनि उपस्थित हुनुपर्ने बताए । उनले चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर वचनबद्धता व्यक्त गर्ने आशा राखेको बताए ।
निफका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवमा ५० जनाभन्दा बढी फिल्ममेकरहरू विदेशबाट आउने बताए । उनले निफलाई विश्वास गरेर विगत झैँ यस पटक पनि राम्रा फिल्म र फिल्ममेकरहरूले मेलामा सहभागिता जनाउने वचन दिएको बताए । उनले मेलाले फिल्मकर्मीबीच छलफल र भेटघाटको अवसर मिल्ने बताए ।
५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्रमध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले बताएको छ । यी चलचित्रको प्रदर्शन काठमाडौंका ४ वटा अत्याधुनिक सिनेमाहल सिभिल मल, छाया सेन्टर, पुलचोकको लबिम मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ ।
ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रदर्शन हुनेछ। उल्लेखित सिनेमाहलहरूमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ। यसपटक ७ विधामा १४ पुरस्कार वितरण गरिने बताइएको छ।