काठमाडौं २२ मार्च २०२३ ।
सत्ता गठबन्धनको बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।
बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको बताइएको छ । स्रोतका अुनसार भागबन्डाबारे भने छलफल भएको छैन । ‘समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ,’ स्रोतले भन्यो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी रहेका थिए ।