तीन दिने क्याम्पिङ पूरा गरी फर्क्यो सहारा

SHARE:

एटा संवाददाता
अल्डरसट । सहारा युकेका पदाधिकारीहरु तीन दिने क्याम्पिङ पुरा गरी आ–आफ्ना घर फर्केका छन् ।
गत शुक्रबार २७ जुलाईमा बाथको चितनहममा क्याम्पिङ पुगेका सहारा युके परिवार गत आइतबार २९ जुलाईमा फर्किएका हुन् । आ–आफ्ना परिवार सहित क्याम्पिङ गएर बिदा मनाउने चलन अनुसार सहारा युके यस पटक पनि क्याम्पिङ गएको हो ।

एनआरएनए युके युवा विभागले आयोजना गरेको ‘म अनि मेरो मातृभूमि’ बिषयक अन्तत्र्रिmयाका लागि नेपालबाट आएका नेपाली सिने जगतका महानायक राजेश हमाल र वरिष्ठ पत्रकार दिलभुषण पाठकको समेत विशेष सहभागिता रहेको क्याम्पिङ अत्यन्त पारिवारिक वातावरणमा सम्पन्न भएको थियो ।

केही समय घर, समाज र कामबाट टाढा रहेर सबै साथीभाइहरुको परिवारका साथ सँगै बस्दा छुट्टै आनन्द प्राप्त हुने एकजना सहभागीले आफ्नो अनुभव सुनाए ।

सो क्याम्पिङको क्रममा खानाका विभिन्न परिकार आफै बनाउने, गीत तथा संगीतमा झुम्ने, आ–आफ्ना अनुभव सुनाउने, घैंटो फोर्ने खेललागयतका खेलहरु खेलिएको र त्यस क्षेत्र वरपरका प्राकृतिक दृश्यहरुको अवलोकन समेत गरिएको सहारा युकेका मिडिया सेक्रेटरी पत्रकार वाचस्पति रेग्मीले बताए । उनका अनुसार, कार्यक्रममा सहारा युकेका अध्यक्ष मिन (साँइला) गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ, तमुधिं युकेका निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, मोमो एण्ड रोटीका संचालक एवं वरिष्ठ सेफ बिनोद बराल, सहारा युकेका पदाधिकारी, सदस्य र सल्लाहकारहरु परिवार सहित क्याम्पिङमा रमाएका जनाए ।

सो अवसरमा नेपालबाट आएका महानायक राजेश हमाल, वरिष्ठ पत्रकार दिलभुषण पाठक र पत्रकार वाचस्पति रेग्मीलाई विशेष सम्मान समेत गरिएको थियो । करिब ६० जनाको समूहमा रहेको क्याम्पिङलाई सहारा युकेका सल्लाहकार शेरा गुरुङले व्यवस्थापन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!