बेलायती गर्मी : वातावरणीय जोखिम र तिनका उपाय

SHARE:

बिजय हितान
यो वर्षको बेलायती गर्मीले धेरै बेल्पालीलाई नेपालको सम्झना दिलाएको होला । बिशेष गरेर म जस्तो मधेसबाट आउनेहरुलाई । मार्च, अप्रिलसम्म पानी देख्यो कि आछु आछु गर्ने हामी अहिले पानी देख्यो कि झ्वामै हामफाल्न मन लाग्छ । त्यसैले सामुन्द्रिक तटमा पौडिन जानुहुन्छ भने तोकिएको क्षेत्रमा ९मभकष्नलबतभम दभबअज० मात्रै पौडी खेल्नुहोला । फोहर मैलाको ढल प्रशोधन केन्द्रबाट प्रशोधित तरल पदार्थ प्राय:जसो सामुद्रिक तटमा मिसाइने गरिन्छ ।
कहिलेकाहीं प्रशोधन केन्द्रहरु बिग्रन जान्छन् । यस्तो आकस्मिक अवस्थामा अप्रशोधित ढल समुद्रमा मिसाइन्छ । यस्ता तटीय क्षेत्रमा तपाईं गर्मीको आनन्द लिँदै नुहाउँदै हुनुहुन्छ भने यस्ता प्रदूषणको सिकार हुन सक्नुहुन्छ ।
गर्मीको अवस्थामा ब्लु–ग्रिन आल्गी ९दगिभ(नचभभल बनिबभ० भनिने एक किसिमको ब्याक्टेरिया ९अथबलयदबअतभचष्ब० पानीमा तैरिरहेको देखा पर्न सक्छ । यो निलो, हरियो, बेसारे या खैरो रङको हुनसक्छ । गर्मीको बेला यो सामुद्रिक तट, पोखरी, तलाउ र खोलामा देखा पर्छ । यसलाई छोइपठाएमा छाला चिलाउँछ, शरीरमा फोहोरा पर्नसक्छन् ।

ब्लु–ग्रिन आल्गिले प्रदूषित पानी पियमा बिमारी भइन्छ । यस्तो पानीमा कुकुर पौडिन जाँदा कुकुरको मृत्यु भएको खबर पाइएको छ । यसले पानीमा अक्सिजनको मात्रालाई घटाइदिन्छ फलस्वस्वरुप माछाहरु मर्न सक्छन् । नाइट्रेट र फोस्फेटजस्ता पोषणयुक्त तत्वको अत्याधिक मात्राले ब्लु–ग्रिन आल्गालाई जन्माउँछ ।

घाँसे मैदान या खेती गरिने जमिनको नजिक तपाईंको घर हुन सक्छ । या परिवार र साथीभाइसँग क्याम्पिङ गरेर बस्नु भएको छ भने, होसियार हुनुहोस् । यस्ता ठाउँमा जताततै डढेलो लागेको समाचार आएको छ । हालै ग्रिसको एक पर्यटकीय नगरीमा डढेलोले सयौं मानिसको ज्यान लिएको छ ।
जुलाई अगस्ट महिनामा यहाँका क्रिषकहरुले आफ्नो पाटामा मल छर्ने गर्छन् । मलखादको मलदेखि कुख्राको सुली, कागज रिसाइकलिङ गर्ने फ्याक्ट्री र ढल प्रशोधन केन्द्रबाट उत्पन्न मलजन्य ठोस पदार्थ (उबउभच कगिमनभरकभधबनभ कगिमनभ) मलको रुपमा खेतबारीमा छर्ने गरिन्छ । यस्ता गतिविधि तपाईंको बस्ती नजिक भइरहेका छन् भने अति गन्हाउने र माखा भुसुनाहरुले सताउने गर्छ ।

खोला–नाला, ताल–तलैया र जमिनमुनिको जलभण्डार खडेरीको कारणले सुक्दै गरेको अवस्था छ । खानेपानी कम्पनीहरुलाई पिउने पानी वितरणमा समस्या देखिन सुरु भएको छ । त्यसर्थ, घरमा पानीलाई जतनसाथ चलाउनुहोस् । फुल्तरबारी (पूmलबारी, तरकारीबारी) मा जथाभावी धाराको पानी प्रयोग नगरेर भान्सामा उत्पन्न फोहर पानीलाई प्रयोग गर्दा राम्रो हुन्छ । कारलाई सीधैं पाइपबाट पानी छ्यापेर नधोइकन बाल्टीमा पानी सँगालेर टालो भिजाएर धुनाले पानीको जतन हुन्छ ।
घामको विकीरणले छालालाई असर पार्न सक्छ । हामी नेपालमा जन्मेर आएकोले ठूलाबडाको छालाले घाम छेक्न सक्छ होला । तर, यहीं जन्मेका नानीहरुको छाला कमलो हुन्छ । त्यसैले बाहिर जाँदा नानीहरुलाई सनक्रिम दल्न प्रोत्साहन गर्नुहोला ।
यस्ता कुनै पनि वातावरणीय प्रदूषन भेटिएमा इन्भाइरोमेन्ट एजेन्सी या स्थानीय सरकारलाई रिपोर्ट गरेमा तिनले यस्ता समस्याबाट कसरी बच्ने भन्ने सरसल्लाह दिन्छन् र त्यस्ता समस्यालाई कसरी नियन्त्रण र न्युन गर्ने भन्ने बारेमा पहल गर्छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!