सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु यस पृथ्वीमा ? वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथ्वीमा आफैं उत्पन्न भएका होइनन् । करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथ्वी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए ।
यो टक्करबाट पृथ्वीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए । यो भयंकर र विनाशकारी टक्करका कारण पृथ्वी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो । टोकियो इन्ष्टिच्युट अफ टेक्नोलोजीमा वैज्ञानिकहरूको एक अन्तर्रा्ष्ट्रिय टोलीले यो खुलासा गरेको हो । कम्प्युटर सिमुलेसन प्रविधिबाट उनीहरूले यो कुरा पत्ता लगाएका हुन् । यो अनुसन्धानमा पृथ्वीको उत्पत्तिदेखि लिएर पहिलो ३०० मिलियन वर्षको अध्ययन गरिएको थियो ।
इम्पिरियल कलेज लन्डनका भूगर्भविद माथियास विलबोल्डले बताए, ‘खगोलीय पिण्डहरूमा टन्नै सुन थियो र उनीहरू पृथ्वीमा ठोक्किदा यहँ बेस्सरी सुन जम्मा हुन पुग्यो ।’ यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथिवीलाई नोक्सान मात्र नहुने भई कहिलेकाही फाइदा पनि पुग्छ ।


