प्रदेश १ को पुन: नामकरणबारे बेलायतमा अन्तरक्रिया

SHARE:

भरतमणि चोङ बाङ

किरात याक्थुङ चुम्लुङ युके रसमोर शाखा र संघीय लिम्बुवान सामाजिक मञ्च युके रसमोर शाखाको संयुक्त आयोजनामा यही २१ जुलाई शुक्रबार किरात याक्थुङ चुम्लुङ नेपालका संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो । संघीय अध्यक्ष लिम्बूले जनभावनाविपरीत जबरजस्ती प्रदेश १ को नाम कोशी राखिएको विरोधमा जारी आन्दोलन र पहिचान पक्षधरहरुको आन्दोलन, चुम्लुङ र लिम्बुवान भुगोलको बारेमा आफ्नो धारणा राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गरेको सिसेक्पा तङ्नाममा नेपालबाट बोलाइएका अध्यक्ष येक्तेनलाई कार्यक्रम आयोजक संस्थाहरु कियाचु रसमोर शाखा अध्यक्ष भगिश्वर फागो चोङबाङ, सलिसा मञ्च रसमोर शाखाका अध्यक्ष थान कुमान नाल्बो, पाँचथर समाज सेवा युकेका वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बु, एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्र नेम्वाङले संस्थागत खादा ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा अतिथिहरु एनआरएनए युकेका प्रवक्ता एवं उपाध्यक्ष भरतमणि चोङबाङ, संघीय लिम्बुवान सामाजिक मञ्च युकेका महासचिव राम इजम, कियाचु यूकेका महासचिव जुरेन्द्र खजुम, पाँचथर सेवा समाजका वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बु, उपाध्यक्ष छवि सेलिङ, संघीय लोकतान्त्रिक सामाजिक मञ्चका उपाध्यक्ष खड्गजंग आङबोहाङ, नेपाल आदिवासी जनजाति महासंघ युकेका वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबो, संघीय लोकतान्त्रिक सामाजिक मञ्च युकेका उपाध्यक्ष तेज लावतीको उपस्थिति रहेको थियो ।

चुम्लुङ युके महासचिव जुरेन्द्र खजुम र चुम्लुङ रसमोर शाखा अध्यक्ष भगिश्वर फागो चोङबाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!