पत्रकार सम्मेलनमै रोए गोविन्द केसी

SHARE:

काठमाडौं । लामो अनशनपछि त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी बिरामीको उपचार गर्न नपाएको भन्दै रोएका छन् । मंगलबार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. केसी लामो समयसम्म बिरामीको उपचार गर्नबाट बञ्चित भएको भएको भन्दै रोएका हुन् ।

पत्रकार सम्मेलनमा डा. केसीले आफूसित गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन तोडमोड नगरी शीघ्र जारी गर्न आग्रह समेत गरेका छन् ‘यदी त्यसमा छलछाम भएको खण्डमा कडा विरोधका कार्यक्रमहरु ल्याउन हामी बाध्य हुनेछौ ।’ उनले भने । सोही क्रममा डा. केसीले सरकारले आफूहरुसित गरेको सम्झौता तत्काल पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

साथै चिकित्सा शिक्षा ऐन सम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउन, जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधीकारीहरुलाई कारवाही गर्ने सम्झौता लगायतका छ बुँदे सम्झौतालाईसमेत तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!