दृष्टिविहीन रेणुकाको गायिकी सडकदेखि स्टुडियोसम्म

SHARE:

नौ वर्षमा डाक्टरले गलत औषधि दिएर खाएपश्चात् आँखाको ज्योति गुमाएकी गायिका रेणुका राई झापा जिल्लामा जन्मिएकी हुन् । बाँच्नको निम्ति खोलाको ढुङ्गा टिपेर ट्रयाक्टरमा जम्मा गरी बेच्नेदेखि चिया पसलसम्म गरेकी रेणुकाको सानैदेखि गीत गाउने चाहना थियो ।
आज भन्दा पाँच वर्षअघि मकैबारीमा आएको हात्ती लखेट्ने क्रममा बाबालाई पनि हात्तीले मारेपछि सम्पूर्ण परिवारको जिम्मा उनै रेणुुका राईमाथि आयो । आमा वृद्ध अवस्थाकी, बहिनी सानै, भएका दाजुुलाई पनि आफ्नै परिवारको बोझ । आफू पनि दृष्टिविहीन, त्यहीमाथि परिवारको जिम्मा आफूमा आएपछि झनै बोझ भयो रेणुकालाई ।
०००
एसएलसी फस्ट डिभिजनमा पास गरेकी रेणुका आफ्नो पढाईमा निक्कै अब्बल थिइन् । राम्रो मेहनत गरेर पढे भने शिक्षक शिक्षिकाहरुले आफूलाई धेरै माया गर्नुहुन्छ होला भनेर आफूले धेरै मेहनत गरेको बताउँछिन् रेणुका । धेरै पढ्ने चाहना हुँदाहँुदै पनि प्लस टु पढ्दापढ्दै पढाई छाडेकोमा दुःख लागेको बताउँछिन् उनी ।
एकातिर परिवार पाल्नु पर्ने अर्कोतिर आफ्नो पढाइको साथमा आँखाको उपचारको निम्ति पनि पैसा जुटाउनु पर्ने । सबैतिर भौतारिँदै भौतारिँदै, भन्नुपर्ने जति सबै भनिन् र सक्ने जति र गर्ने जति सबै काम गरिन् । तर, केही सिप लागेन । त्यसपछि उनी काठमाडांैतिर लागिन् । काठमाडौ आउनुको कारण थियो, केही काम गरेर पैसा जम्मा गर्ने अनि आफ्नो आँखाको
उपचार गर्ने ।
काठमाडौं आउनुभन्दा अगाडि उनले सोच्थिन्, काठमाडौ कस्तो होला ? काठमाडौंमा त धेरै गायक, गायिकाहरु बस्नु हुन्छ, त्यहाँ गएपछि पक्कै केही न केही त होला भनेर । जब काठमाडौं अइपुगिन् तर यहाँ उनले सोचे जस्तो थिएन । त्यसपछि उनले सडक पेटीमा बसेर गीत गाउन सुरु गरिन् । त्यसरी सडकमा गीत गाउँदा पनि धेरैले माया गरेको बताउँछिन् रेणुका । यसरी गीत गाएर हिँड्ने क्रममै पनि केही ठाउँमा आफू ठगिएको कुरालाई कहिल्यै भुल्दिनन् उनी ।
०००
तिलगंगा आँखा हस्पिटलको अनुसार, उनको एउटा आँखा उपचार हुने खालको छ । धेरै रोएको कारण एउटा आँखाको नसा (पानीको नशा) चाहिँ सुकेकोले उपचार हुन नसक्ने र अर्को आँखा उपचार गर्दा पाँच लाख रुपैयाँ लाग्ने रहेछ ।
यही पाँच लाख जुटाउनकै लागि सडक पेटीमा गीत गाउँदै हिँडिरहेको अवस्थामा केही सामाजिक सञ्जालमा आएपछि अहिले उनको गीत रेकर्ड हुन सुरु भएको छ । ‘आँखा देख्न सक्छु या सक्दिनँ, उपचार पाउँछु या पाउँदिन, उपचार पाएर देखे पनि आँखा देख्नुभन्दा अगाडि गीत रेकर्ड गराउने ठूलो चाहना छ’ उनको कथन थियो ।
०००
सडकपेटीमा ८ घण्टासम्म केही नखाई आफूले गीत गाएको सम्झन्छिन् रेणुका । ‘तिर्खा लाग्थ्यो, तर पनि गीत गाइरहँदा कसैलाई त हतार होला, एउटा गीत सुनेर जाने मन होला, मैले पानी पिउन थालेँ भने उहाँहरुलाई ढिलो होला भनेर पानी नखाई गीत नै गाइरहन्थें’ उनले सुनाइन् ।
०००
आज उनको गीत रेकर्ड गर्ने चाहना पनि पूरा भएको छ । उनको यो चाहना पूरा गर्नको लागि बेलायतमा रहेर साहित्य र गीत संगीतमा निरन्तर लागि रहेकी गीतकार जानु काम्वाङ्गले रेणुकाको लागि शब्द रचना गरिदिएकी छन् भने पछिल्लो समयका चर्चित संगीतकार सुमन राईले एरेन्ज र संगीत गरिदिएका छन् । यो गीतमा सुमन राई र रेणुका राईको स्वर रहेको छ ।

यही गीतको लागि बेलायतमा रहेका मूलघरे कान्छा (राजेन खिम्बुले राई) ले पनि सहयोग गरेका छन् भने ईन्द्र जिजीबिषा र गायिका मिना राईको पनि सहयोग अतुलनीय नै रहेको गायिका रेणुकाले बताइन् ।

यही गीतमा मास्टरिङ्ग र मिक्सिङ गरेर सहयोग गरेका छन् मिन बिस्टले भने भिडियो छायांकन गरेर सहयोग गरेका छन् जीबी लामा र सुमन मगरले । भिडियोलाई सम्पादन गरेर सहयोग गरेका छन् अनिलकुमार महर्जनले ।

रेणुकाजस्ती संघर्षशील प्रतिभालाई सहयोग र उत्साह थप्ने काम भए नेपाली गीत, संगीतमा केही योगदान अवश्य पुग्ने छ ।
– इन्द्र जिजीबिषा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!