ग्रेटर रसमुर नेपाली कम्युनिटीले नयाँ वर्षलाई स्वागत गर्दै

SHARE:

– एटा सम्वाददाता
अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटीले नयाँ बर्ष २०७५ साललाई विविध साँस्कृतिक कार्यक्रमका साथ स्वागत गर्ने भएको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसटस्थित एम्पायर हलमा आउने शनिबार १४ अप्रिल २०१८ का दिन नवबर्ष २०७५ को स्वागत गर्न लागेको हो ।
ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष जीव बेल्बासेका अनुसार, स्थानीय काउन्सिल र रसमुरवासीहरु अल्पसंख्यक समुदायसँग सुमधुर सम्बन्ध बनाउन सफल ग्रेटर रसमुर नेपाली कम्युनिटीले प्रत्येक बर्ष नयाँ बर्ष, इन्फरमेशन डे, नारी दिवस, लगायत विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

त्यस्तै, जेष्ठ नागरिकहरुलाई योगा र स्वस्थ नृत्य, युवाहरुलाई नृत्य प्रशिक्षण दिँदै आएको कम्युनिटीले स्थानीय संघसंसस्थाहरुसँग मिलेर फुड फेस्टिबल र १० के दौडलगायतको कार्यक्रमको आयोजना समेत गर्दै आएको छ ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक तथा उनका परिवारहरुको बाक्लो बसोबास रहेको यस क्षेत्रका भूतपूर्व गोर्खाहरुलाई समेत आवश्यक सल्लाह, सुझाव र सहयोगहरु गर्दै आएको कम्युनिटीले नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्नका लागि नेपाल र नेपालीसँग सम्बन्धित विभिन्न चाडपर्वहरुलाई सामूहिक रुपमा मनाउँदै आएको कम्युनिटीका महासचिव मान गुरुङले जानकारी दिए ।

कार्यक्रममा नयाँ पुस्ताका नेपाली भाइबहिनीहरुको समेत बाक्लो उपस्थिति रहने सो कार्यक्रममा युवाहरुले र सयपत्री नेपाली कल्चरल ग्रुपले नृत्य, लोक गायिका मञ्जु बिक लगायत कलाकारहरुले विभिन्न गीतहरु प्रस्तुत् गर्ने भएको छ । स्थानीय रसमुर वरो काउन्सिलका मेयर सोफिया चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको सो कार्यक्रममा उपस्थित भई २०७४ सालको बिदाइ र २०७५ सालको स्वागत गर्न सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेका छन् ।
कार्यक्रमलाई सम्पन्न गर्नका लागि कम्युनिटीका वरिष्ठ उपाध्यक्ष रामधन राईको संयोजकत्वमा तयारी समिति गठन गरेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!