एटा संवाददाता
घलेगाउँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङमा ईलाका प्रहरी कार्यालय सञ्चालन गरिएको छ ।
प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ९रमेश०लगायतको पहलमा यही भदौ ६ गते बुधबार ९क० स्तरको इलाका प्रहरी कार्यालय स्थापना भएको हो । यो गाउँपालिकामा कुनै पनि प्रहरी इकाई नभएकोले स्थानीय संरचनाअनुसार प्रहरी कार्यालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

ईलाका प्रहरी स्थापनाका क्रममा गाउँपालिका अध्यक्ष तामाङले अब स्थानीयवासीले सुरक्षा अनुभूति गर्ने बताए । उनले प्रहरी आफ्नो र व्यक्तिगत स्वार्थका लागि पञ्चकन्यामा खटिएको नभएर यहाँका नागरिकको जीउधनको सुरक्षा, शान्ति र अमनचयनका लागि भएको बताए । प्रहरीबाट डराउन र असहयोग गर्ने भन्दा पनि सबै नागरिकले प्रहरीलाई सघाउनु कर्तव्य रहेको उनले औंल्याए । प्रहरीले पनि होर्डिङ बोर्डमा लेखिएको प्रहरी नागरिकको सेवक, साथी भनेझैं व्यवहारमा देखाउन सक्नु पर्ने बताए ।
प्रहरी कार्यालय स्थापना सँगै पञ्चकन्यामा बैंकलगायत अन्य कार्यालय पनि स्थापना हुँदै जाने अध्यक्ष तामाङले बताए । कार्यालय स्थापनापछि स्थानीय नागरिकले सेवा, सुविधा सहज प्राप्त गर्ने भन्दै उनले त्यसका लागि प्रहरी कार्यालयको महत्वपूर्ण भूमिका रहने बताए । ईलाका प्रहरी कार्यालमा सई निरकुमार राईको नेतृत्वमा सात जनाको टोली रहेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी बसन्तबहादुर कुँवर, पञ्चकन्या गाउँपालिका उपाध्यक्ष सीता पराजुली, वडा नम्बर ३ का अध्यक्ष रामबाबु पराजुली, कर्मचारी, पत्रकार, स्थानीयलगायतको उपस्थिति थियो ।
इलाका प्रहरी कार्यालय आएपछि स्थानीयले एकतिर थप सुरक्षाको अनुभूति भएको बताएका छन् भने अर्कोतिर परम्परादेखि उत्पादन गर्दै आएको घरेलु मदिरा उत्पादन, बिक्री वितरणमा रोक लगाउने होकि भन्ने चिन्ता जाहेर गरेका छन् । तर, इलाका प्रमुख सई राईले भने स्थानीयको मनोभावना बुझेर घरेलु मदिरा नष्टको अभियान थालिने बताए ।
तत्काललाई ७ जना रहे पनि प्रहरी भवन बनिसकेपछि ४२ जनाको दरबन्दी इप्रकामा रहने एसपी कुँवरले बताए ।
नुवाकोटमा हाल प्रहरी उपरीक्षक ९एसपी०को नेतृत्वमा जिल्ला प्रहरी कार्यालयसहित मातहतमा इप्रका चार, प्रहरी चौकी १५, अस्थायी प्रहरी पोष्ट पाँच र नगर प्रहरी चौकी एक सञ्चालनमा छन् ।








