काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले विमिस्टेकको उद्घाटन समारोहलाई सम्धबोन गर्दै आगन्तुक राष्ट्र प्रमूख तथा सरकार प्रमूखहरुलाई बुद्ध र सगरमाथाको देशमा स्वागत गरेका छन् ।
विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने बंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौं भन्दै उनले विमिस्टिकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताए ।
सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्धप्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ति अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गरे । यस क्षेत्रका जनतालाई गरिबीको सांग्लो र अभावको कुचक्रबाट मुक्त गर्नुपर्ने विचार राख्दै उनले भने, ‘हामीले कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नै पर्दछ । हामीले शहश्राब्दी विकास लक्ष्यअन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दगो विकासको लक्ष्यसमेत हासिल गर्नै पर्दछ ।’
आर्थिक विकासको इन्जिनव्यापार नै हो भन्दै उनले भने, ‘‘बस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो, जसले विमिस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवध्दता अपरिहार्य छ ।
सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको बताउँदै उनले हामीले सबैले समृद्ध क्षेत्र, सुखी जनताको अपेक्षा गरेका छौं भने । उनले यस क्षेत्रमा कनेक्टिभिटी र पर्यटनको प्रवर्द्धन गर्न बुध्दिस्ट सर्किटको अवधारणालाई मूर्तता प्रदान गर्नु पर्ने कुरामा जोड दिए ।






