लन्डन २१ अप्रिल २०२४ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा स्थापित फोनिज युके पत्रकारिता सम्मान दिपीन राई (दिपेन्द्र चाम्लिङ) र पुरस्कार संगीता चेपाङलाई प्रदान गरिएको छ ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान-२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार-२०२३’ प्रदान गरिएको हो । सम्मान र पुरस्कारको राशि २५/२५ हजार रुपैयाँ रहेको छ ।पुरस्कार वितरओमा फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगर उपस्थित थिइन् ।
दिपीन राई २०४९ साल दैनिक विवेचनादेखि अनवरत पत्रकारितामा सम्लग्न छन् । हाल यलम्बर टाइम्स (सम्पादक/प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत छन् । त्यस्तै युवा पत्रकार चेपाङ इच्छाकामना एफ एम १०२.४ मेघाहर्ज कुरिनटार चितवनमा कार्यरत छन् ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा अझ बढी भन्दा बढी जनताका कुराहरू बाहिर ल्याउन सक्नुपर्ने बताइन् ।


