‘जङ्क्सन पिपलबोट’र ‘थाङ्ग्रा’लाई पहिचान पुरस्कार प्रदान

SHARE:

भोजपुर ५ मे २०२४ । पहिचान पुरस्कार कोषले २०८० सालको ‘पहिचान पुरस्कार’ प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’ र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्त रूपमा प्रदान गरेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालीका–४ स्थित सुन्दरडाँडा चखियामा शनिबार आयोजित समारोहमा पुरस्कार प्रदान गरिएको हो । गत मंसिर २६ गतेको कोषको बैठकले उक्त पुरस्कार घोषणा गरेको थियो । यस पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ ।

लामो समयबाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आइरहेको नाम हो, ‘प्रगती राई’। उनले आफ्नो कृति थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाजलाई बुलन्द उठाएकी छन् । यस्तै, उन्मुक्त पुस्ता आन्दोलनको अभियन्तामध्येको एउटा नाम हो, ‘प्रकाश गुरागाईं’। उनले पहिचानसम्बन्धी लेखन र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका छन् ।

जङ्क्सन पिपलबोटले ६०–७० वर्षअघिको साहित्यको इतिहासलाई खोतलेको छ। उनले राजनीतिक इतिहासलाई पनि यस कृतिमा केही मात्रामा समेटेका छन् । गत साल पनि चखियामा नै पुरस्कार प्रदान गरिएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!