स्याङ्जा समाज युकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू १ जूनमा

SHARE:


लन्डन ११ मे २०२४ । नेपालको स्याङ्जा जिल्लाबाट बेलायत आइ विभिन्न पेसा/व्यवसायमा रहेका नेपालीहरुको साझा संस्था स्याङ्जा समाज युकेको वार्षिक भेटघाट तथा समर बीबीक्यू आउँदो १ जूनमा हुने भएको छ ।

सदाझैं विभिन्न कार्यक्रमसहित समाजको भेटघाट तथा सम्मर बीबीबीक्यू हुन लागेको अध्यक्ष भरत गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम फानबोरोस्थित बलान्टिनी रोडमा हुने छ । कार्यक्रम स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि राति १० बजेसम्म हुने सूचनामा उल्लेख छ ।

अध्यक्ष गुरुङले सम्पूर्ण बेलायतवासी स्याङ्जाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गरेका छन् । यस पटकको कार्यक्रम संयोजक जिम्मा रुपा गुरुङले लिएकी छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!