मानव सेवा आश्रम नेपाललाई फ्रिम्ली पार्क हस्पिटल नेप्लिज सोसाइटी युकेको डेढ लाखभन्दा बढी सहयोग

SHARE:

लन्डन ११ मे २०२४ । फ्रिम्ली पार्क हस्पिटल नेप्लिज सोसाइटी युकेले मानव सेवा आश्रम नेपाललाई डेढ लाखभन्दा बढी सहयोगमानव सेवा आश्रम नेपाललाई गरेको छ । 

शुक्रबार अल्डरसटस्थित शिव मन्दिरमा समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा र आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई १ लाख ५४ हजार ७१२ रुपैयाँ (९३२ पाउन्ड) हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष टकमाया गुरुङ, पूर्वअध्यक्ष छविमाया पुन, निवर्तमान अध्यक्ष बबिता गुरुङ तथा सल्लाहकारद्वय बसन्ती बुढामगर र गुमा शर्माले हस्तान्तरण गरेका थिए ।

उक्त रकम संस्थाका सदस्यहरूबाट संकलन गरिएको हो । मानवसेवा आश्रमका अध्यक्ष अधिकारी, गायिका आनी भवन निर्माण परियोजनाअन्तर्गत सहयोग जुटाउन यतिबेला बेलायतमा रहेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!