इन्टेक २/८१ एसोसिएसनले ४३ औं वर्षगाँठ मनाय‍ो

SHARE:

लन्डन १४ मे २०२४ । विभिन्न कार्यक्रमसहित इन्टेक २/८१ एसोसिएसनले ४३ औं वर्षगाँठ मनाएको छ ।

मे ११ तारिख २०२४ शनिबार फानबोरोको स्पोर्ट्स कलेजमा गायिका भूमिका गिरी, यज्ञ विक र भान्जीहरु संगीता गिरी र लोइस नेपालीको बेजोड नृत्यका साथ भव्यताका साथ वार्षिक भेटघाट सम्पन्न मनाइएको हो । कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष नगेन्द्र श्रेष्ठ र सुनिल रानाबाट दिप प्रज्वलन गरी मनाइएको हो । ४३औं वर्षगाँठको उपलक्ष्यमा केक काटिएको थियो ।

नम्बरी भेलामा नम्बरीहरुको छोराछोरीले उच्च शिक्षा हासिल गरेका, छोराछोरी विवाह बन्धनमा बाँधिएका र नाति नातिना भएकाहरुलाई खादा र सर्टिफिकेटले बधाई दिइएको थियो । उनीहरुको खुशीयालीमा नम्बरीसँग खुशी बाँड्दै संस्थाको लागि स्पोन्सर पनि गरिएको थियो । कार्यक्रम शेर पुनले सञ्चालन गरेका थिए ।

दोस्रो चरणमा भने मनोरञ्जनात्मक कार्यक्रम तम्बोला, राफल ड्र र नेपालबाट आएका कलाकारहरूबाट भरिपूर्ण मनोरञ्जन गराइ सबैलाई नचाउन सफल भएका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!