‘
काठमाडौं २६ मे २०२४ । चलचित्र निर्देशक तथा निर्माता संजोग लाफामगरले ‘पुजार सार्की’ चलचित्रमा मगर पात्रद्वारा व्यक्त गरिएको अभिव्यक्ति प्रस्तुति मनोगत र पूरै काल्पनिक जातिलाई नकारात्मक चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लाफामगरले लेखक विकास सुवेदीको समाजशास्त्रीय अध्ययन बच्कना देखिएको र समुदायप्रतिको अध्ययन अनुसन्धान शून्य रहेको समेत टिप्पणी गरेका छन् । ‘दिनेश राउत निर्देशित पुजार सार्की चलचित्रमा मगर पात्रद्वारा व्यक्त गरिएको अभिव्यक्ति प्रस्तुति मनोगत र पूरै काल्पनिक जातिलाई नकारात्मक चित्रण गरिएकोप्रति आपत्तिजनक छ,’ उनले लेखेका छन्, ‘लेखक विकास सुवेदीको समाजशास्त्रीय अध्ययन बच्कना देखियो । समुदायप्रतिको अध्ययन अनुसन्धान शून्य छ ।’
जातीय भेद्भावको सुत्रपात गर्ने मगर नभई बाहुन समुदाय रहेको समेत उनको ठहर छ । ‘मगर जातिमा व्याप्त छुवाछूत छैन । दलितहरूले मगरलाई साईनो लाएर सम्बोधन गर्ने प्रचलन छ । मगरमाझ रहँदा सुरक्षित महशुस गर्ने गर्दछन् । जातीय भेद्भावको सुत्रपात गर्ने बाहुन हो, मगर होइन । बाहुनको देखासिकी गरेर कोही मगरले भेद्भावको व्यवहार देखाए होलान्, तर त्यो अपवाद हो । अपवादलाई मूलकथा बनाउँदा खास दोषी समूहले उन्मुक्ति पाउँछ । मगर हिन्दु वर्णाश्रमभित्र पर्दैन । त्यसकारण, जातीय विभेद छुवाछूत अन्त्यका लागि हिन्दु वर्णाश्रमले तोकेको तथाकथित माथिल्लो जातविरुद्ध प्रश्न गर्न जरुरी छ, मगरविरुद्ध होइन,’ उनले लेखेका छन् ।
चलचित्रमा मगरले गाउँले उरालेर बाहुन-दलित र दलितलाई मारेर खोलामा फालेको दृश्यले मगर क्रूर जाति हो भन्ने भाष्य निर्माण भयानक अपमान भएको निर्देशक सन्जोगले भनाइ छ । चलचित्रले समाजमा नकारात्मक प्रभाव पारेको प्रतिशोधमा द्वन्द्व सिर्जना भएमा कसले जिम्मेवारी लिने भन्दै उनले पुजार सार्की निर्माण पक्षलाई प्रश्न समेत गरेका छन् ।
‘चलचित्रले समाजमा नकारात्मक प्रभाव पारेको प्रतिशोधमा द्वन्द्व उन्मुखतर्फ गयो भने जिम्मेवार कस्ले लिने हो ? चलचित्र निर्देशक, लेखक, निर्माता वा सेन्सर बोर्डले ???’


