तमु समाज युकेको १७ औं साधारणसभा तथा ७ औं महाधिवेशनमा जून १५ मा

SHARE:


लन्डन ३० मे २०२४ । तमु समाज युकेले १७ औं साधारणसभा तथा ७ औं महाधिवेशनमा आउँदो जून १५ तारिखमा हुने भएको छ ।

बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके सामुदायिक भवनमा साधारणसभा र महाधिवेशन हुने तमु समाज युकेका महासचिव धरम बल गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रमका लागि बिहान १० बजे उपस्थित हुनुपर्नेछ ।

महाधिवेशनबाट तमु समाज युकेको नयाँ कार्यसमिति चयन हुनेछ । महासचिव गुरुङले भने, ‘उक्त दिनमा तमु समाज युकेको नयाँ कार्यसमिति चयन हुने भएको हुनाले सम्पूर्ण सदस्यज्यूहरु तमु समाज युकेको सामुदायिक भवनमा बिहानको ठीक १० बजे उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

साधारणसभा तथा महाधिवेशनको दिनमा भोजनको तथा पेय पदार्थको व्यवस्थान गर्ने भएकोले कार्यक्रममा उपस्थित हुने सबै आजीवन सदस्यहरु तथा विभिन्न ओहोदामा रहेका पदाधिकारीहरुले आफ्नो नाम तमु समाज युकेको भाईबर ग्रुपमा दर्ता गरिदिन अथवा महासचिब धरम बल गुरुङलाई सम्पर्क गरी नाम दर्ता गरिदिनसमेत तमु समाज युकेले अनुरोध गरेको छ ।

तमु समाज युके ‘सेवा नै धर्म हो’ भन्ने सोचलाई ध्यानमा राखि ३० सेप्टेम्बर २००७ सालमा समाजसेवी चित्रबहादुर गुरुङको नेतृत्वमा स्थापना भएको हो । तमु समाज युकेको वर्तमान कार्यसमितिको अध्यक्षमा शिवकुमार गुरुङ छन् ।

यस्तै, तमु समाज युकेले विधानअनुसार रहेका पदहरूमा आजीवन सदस्यहरूलाई फारम भरेर दर्ता गर्न अनुरोध गरेको छ । १२ जुनसम्ममा उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । अर्जुनकुमार गुरुङ प्रमुख आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको छ । समितिमा शिवचन्द्र गुरुङ  आयुक्त, गोपीराम गुरुङ सचिव तथा माया गुरुङ र कन्याप्रसाद गुरुङ सदस्य रहेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!