अर्थमन्त्री खतिवडाले भने- ‘ऋण तिर्ने क्षमता विकास नभई गाडी नकिन्नुहोस् ।’

SHARE:

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘क्रेडिट कार्ड’ को अर्थतन्त्र विश्वमा धरासायी भएको उदाहरण दिँदै आम नागरिकलाई भनेका छन्- ‘कमाएर गाडी किन्नुहोस् । ऋण लिएर, ऋण तिर्ने क्षमता विकास नभई गाडी नकिन्नुहोस् ।’

मंगलबारदेखि काठमाडौंमा सुरु भएको गाडी बिक्रेताहरुको ‘नाडा अटो शो’ प्रदर्शनी उद्घाटन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले गाडी व्यापारीहरुलाई भने, ‘तपाईंहरुले बढी गाडी बेच्नुभयो भने हामीलाई राजस्व पनि बढी नै आउला । यद्यपि मैले भन्ने गरेको छु, राजस्व नै हाम्रो सबै कुरा अन्तिम होइन ।’

अर्थमन्त्री खतिवडाले भन्सार दर शून्य नै बनाए पनि चोरी पैठारी नरोकिने बताए । राजस्वमा आन्तरिक स्रोतको योगदान दुई तिहाई नबन्दासम्म भन्सारमा निर्भर रहनुपर्ने भन्दै मन्त्री खतिवडाले उद्यमी व्यवसायीहरुलाई भने, ‘हामी एउटा सन्तुलित भन्सार नीतिमै पुग्ने हो । त्यो पुगुञ्जेल हामीलाई हाम्रो आन्तरिक क्षमता बढाउनलाई अलिकति समय दिनुस् ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!