रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति रोल्पाले शनिबार लिवाङमा गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घर्षपूर्ण बलिदानीबाट प्राप्त भएको सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको छ भने ।
सङ्घीयताको मर्मअनुसार काम गरे मात्रै जनताको मन जित्न सकिने बताउँदै उनले सङ्घीयता नचाहने समूहले सङ्घीयताको बदनाम गर्न लागेकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तिमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, राष्ट्रियसभाका सांसद मीना बुढामगर, प्रदेश सांसद दीपेन्द्र पुनमगर लगायतले जनताको आवश्यकताका आधारमा सरकारको सरकारले गतिविधि बढाउनुपर्ने बताइन ।






