साउदी अरबमा नेपाली कामदारको ज्याला बढ्यो

SHARE:

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । ६ वर्ष पछि ज्यालामा पुनरावलोकन गरिएको हो ।

अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियाल देखि अधिकतम ज्याला ११०० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् ।

सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३०० नेपाली अदक्ष कामदारले पाउनेछन् ।

साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध पनि मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!