उपराष्ट्रपतिद्वारा व्यावसायिक कार्यक्रमलाई संबोधन र भ्रमण

SHARE:

छेन्दु । १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई संबोधन गर्न आएका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले बेल्ट एण्ड रोड सम्बद्ध राष्ट्रहरुको व्यवसायिक सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गरेका छन् । उनले बिहीबार दिउँसो सो सम्मेलनलाई संबोधन गरेका हुन् । उनले सम्बोधनको क्रममा चिनियाँ लगानीकर्ता र विआरआई सम्बद्ध राष्ट्रका व्यवसायिक प्रतिनिधिहरुलाई नेपालमा लगानीका लागि अपिल गरे ।

उपराष्ट्रपतिले बिहीबार नै भूकम्पपछि पुनःनिर्मित तुजिएङयान संग्राहलय र जिउलोङ समुदायको बस्तीको अवलोकन भ्रमण गरे । उपराष्ट्रतिसँग शुक्रबार विहान चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव पेङ छिङ हुवाले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!