हवाई कारबाहीमा बाह्रजना अफगान सर्वसाधारण मारिए

SHARE:

काबुल, अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (एनएएमए) ले जारी गरेको एक विज्ञप्तिमा गत आइतबार भएको यस हवाई कारबाहीमा मारिएका एक परिवारका महिला र बालबालिका रहेका छन् ।

सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा रहेका तालिबान आतङ्ककारीविरुद्ध सो कारबाही गरेका थिए । यस हवाई कारबाहीमा ६ देखि १५ वर्षसम्मका दश जना बालबालिका पनि मारिएका र तीमध्ये पनि आठ जना बालिका रहेका पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

यो हवाई कारबाही नेटोआवद्ध संयुक्त सेनाले गरेको हो या अफागन वायुबलले भन्ने बारेमा भने हालसम्म प्रष्ट भएको छैन ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि छ महिनाभित्र भएका द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा १ हजार ६९० सर्वसाधारण मारिएका छन् भने अन्य ३ हजार ४३० घाइते भएका युएनएएमएद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसमध्ये १४९ सर्वसाधारण आतङ्ककारीलक्षित हवाई कारबाहीमा मारिएका छन् । अन्य २०४ जना घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!