सभापति रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

SHARE:

गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख रूपैयाँ धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार राजन खनालले बताए ।

अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा सभापनि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने स्रेस्तेदार खनालले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!