स्वर्गीय जमुना गुरुङको स्मृतिमा अक्षयकोष स्थापना

SHARE:

 

पार्वती नेपाली – नेपाल

स्वर्गीय जमुना गुरुङको दाज्यु जुम प्रसाद गुरुङ र भाउज्यु पार्वती (नेपाली) गुरुङले स्वर्गीय जमुना गुरुङको स्मृतिको लागि १ लाख २५ हजार नेपाली रुपियाको अक्षयकोष स्थापना गरेका छन्। जमुना गुरुङ स्मृति अक्षयकोष तमु सांस्कृति प्रतिष्ठान नेपालको २४ सौं वार्षिकोत्सव तथा श्रष्टा सम्मानको दिनमा स्थापना गरिएको हो।

उक्त अक्षयकोषवाट प्राप्त ब्याजले गरिब तथा जेहन्दार तमु बिद्यार्थीहरुलाई स्वर्गीय जमुना गुरुङको स्मृतिमा छात्रवृति उपलब्ध गरिने भएको छ। जमुना गुरुङको ४ जनवरी २०२५ को दिन आकस्मीक निधन भएको थियो।

पार्वती नेपालीले यसभन्दा पहिला पनि स्वर्गीय बुबा निलबहादुर गुरुङको स्मृतिमा परिवारको तर्फबाट समाजलाई भोजन दान र अक्षयकोषको लागि दुई लाख ५० हजार ५०५ रुपैयाँ प्रदान गरिसकेकी छिन् ।

स्याङ्जाको अर्जुनचौपारी-६ दरौं गाउँ घर भई युकेमा बस्दै आएकी पार्वती बेलायतमा माइला-कान्छा अभियानमार्फत समाजसेवामा क्रियाशील छिन् । यतिखेर गुरुङ तमु धिं युकेद्वारा संचालित “गाउँ – गाउँमा पर्यटन विकाश र प्रवर्धन” भन्ने अभियानमा नेपालमा रहेकी छिन्।

पार्वती नेपाली सोंपाल समाज युकेका संस्थापक उपाध्यक्ष, साउथ इष्ट रिजनल तमु धिं युकेको आमा समुहका पुर्वअध्यक्ष र तमु धिं युकेका वर्तमान कार्यसमितिका सदस्य हुन् भने पार्वती गुरुङले सामाजिक सेवामा अतुलनिय योगदान दिएवापत तमु धिं युकेले उनलाई आदर्श तमु नारी अवार्डद्वारा सम्मान गरसकेको छ।

तमु सांस्कृति प्रतिष्ठान नेपाल नेपालका अध्यक्ष चित्र बहादुर गुरुङ, गुरुङले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सभासद गणेशमान गुरुङ थिए भने कन्चन गुरुङले संचालन गरेका थिए। कार्यक्रममा तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्मा गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, तमु धिं युकेका आमा समुहकी अध्यक्ष कमला गुरुङ, साहित्यकार तथा पत्रकार गौरी गुरुङलगायत बेलायतबाट नेपाल आएका तमु धिं युके र सहाराका पदाधिकारी, कार्यसमिति तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!